रास्वपाले भन्यो-ओडिशा घटनालाई सरकारले गम्भीरतापूर्वक लिएन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) ले सरकारले ओडिशा घटनालाई गम्भीरतापूर्वक नलिएको बताएको छ।
मंगललबार (आज) साँझ विज्ञप्ति जारी गर्दै रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले समयमै सम्बन्धित निकायसँग समन्वय गर्न नसक्नुबाट त्यो पुष्टि हुने बताएका हुन्।
‘प्रकृतिको शंकास्पद मृत्युपछि त्यहाँ अध्ययनरत करिब एक हजार पाँच सय विद्यार्थीले कलेज र होस्टल छोड्नुपर्ने विषम परिस्थिति बन्दासम्म नेपाल सरकारले त्यसबारे पर्याप्त र भरपर्दो सूचना संकलन गरी समयमै सम्बन्धित निकायसँग समन्वय गर्न नसक्नुबाट सरकारले यस घटनालाई गम्भीरताका साथ नलिएको प्रष्ट हुन्छ, बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसबाट विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा, चिन्ता र चासोमा सरकारको रवैया कस्तो छ भन्ने उदाङ्गो भएको पनि उनले आरोप लगाएका छन्।
रास्वपा विद्यार्थीले घटनाको निष्पक्ष छानबिन, प्रकृतिको मृत्यु प्रकरणका दोषीलाई कारबाही तथा आफूहरूमाथि ज्यादती गर्ने कलेजका कर्मचारीमाथि कारबाहीको माग गर्दै ८ बुँदे माग राखेको विषयमा गम्भीर हुनुका साथै प्रकृतिको सन्दर्भमा निष्पक्ष छानबिनको प्रत्याभूति र त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षा, भयरहित वातावरणमा अध्ययन र भविष्यमा यस्ता घटना नदोहोरिने वातावरण निर्माणका लागि तत्काल प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग माग पनि गरेको छ।
यसअघि सोमबार ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा बीटेक तेस्रो वर्ष पढ्दै गरेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् भने अन्य विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको रिपोर्टहरू सार्वजनिक भएका छन्।


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया