शुक्रबार, वैशाख १२, २०८२

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै

मेरोन्यूज २०८१ फागुन ७ गते ६:५८

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक बस्दैछ ।

आज बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बस्न लागेको हो ।

हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि एजेन्डा तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।
 

प्रतिक्रिया