शुक्रबार, वैशाख ४, २०८३

आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली

मेरोन्यूज २०८१ फागुन ७ गते ८:४३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमा दिएको शुभकामना सन्देशमा ओलीले भनेका छन्, फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो।

गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।’प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शहिदको सम्झना गर्दै श्रद्धाञ्जली अर्पणसमेत गरेका छन्। उनले फेसबुकमा थप लेखेका छन्, ‘जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत अमर शहीदमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान।

प्रतिक्रिया