बुधबार, चैत १८, २०८२

सैफकी पुर्वपत्नी अमृताले मुम्बईमा किनिन् करोडौंको अपार्टमेन्ट

मेरोन्यूज २०८१ फागुन ७ गते ९:३०

मुम्बई । सैफ अली खानकी पहिलो पत्नी तथा दिग्गज अभिनेत्री अमृता सिंहले मुम्बईको जुहू क्षेत्रमा हालै एउटा विलासी अपार्टमेन्ट किनेकी छिन छिन् ।

Advertisement
nepal life insurencenepal life insurence

भारतीय सञ्चारमाध्यमका अनुसार जग्गा दर्ता निरीक्षकको वेबसाइटमा उपलब्ध दर्ता कागजातहरू अनुसार अमृता सिंहले यो महिनाको सुरुमा १८ करोड भारुमा यो सम्पत्ति किनेकी हुन् ।

यो विलासी अपार्टमेन्ट नूतन लक्ष्मी सहकारी आवास समाजको पेनिन्सुला भवनमा अवस्थित रहेको जनाइएकाे छ। यो एक रेड–टु–मुभ– इन अपार्टमेन्ट हो। यो २,७१२.९ वर्ग फिटको ठूलो क्षेत्रमा फैलिएको छ। स्क्वायर यार्डको कागजात अनुसार यस अपार्टमेन्टमा ३ वटा कार पार्किङ क्षेत्रहरू रहेको छ । 

भिनेत्रीले ३० हजार रुपैयाँ टिकट शुल्कसहित ९० लाख रुपैयाँ पनि तिरेको बताइएको छ । अमृता सिंह मात्र नभई वरुण धवन, जान्हवी कपूर, कार्तिक आर्यन र शक्ति कपूर लगायत अन्य धेरै सेलेब्सको पनि यही क्षेत्रमा अपार्टमेन्ट रहेको छ।

अमृता सिंहले  ‘बेताब’, ‘मर्द’, ‘नाम’, ‘चमेली की शादी’ र  ‘राजु बन गया जेन्टलम्यान’ जस्ता फिल्ममा काम गरेकी छिन् । उनले ‘कलयुग’, ‘शूटआउट एट लोखंडवाला’ र ‘टू स्टेटस’ जस्ता फिल्ममा पनि काम गरिन् । 

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने अमृता सिंहले यस अघि सैफ अली खानसँग विवाह गरेकी थिइन् । दुवैले सन् १९९१ जनवरीमा विवाह गरेका थिए । तर, विवाहको १३ वर्षपछि सन् २००४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । उनीहरुका दुई सन्तान छन्– सारा अली खान र इब्राहिम अली खान ।

सन् २०२३ मा ‘कफी विथ करण’ मा देखिएकी सैफ अली खानकी आमा तथा दिग्गज अभिनेत्री शर्मिला टैगोरले अमृता र छोरा सैफ अली खानको सम्बन्ध विच्छेदको बारेमा कुरा गरेकी थिइन् । उनले भनेकी थिइन्, “जब तिमी यति लामो समय सँगै बस्छौ र त्यस्ता राम्रा बच्चाहरू जन्माउँछौ, त्यसैले कुनै पनि ब्रेकअप सजिलो छैन। त्यसो भए यो राम्रो हुने थिएन तर मलाई थाहा छ, यो स्तरमा समायोजन गर्न गाह्रो छ, सबैलाई चोट लागेको छ । त्यसैले त्यो चरण राम्रो थिएन तर मैले जोगाउने प्रयास  गरे, सकिन्।’
 

प्रतिक्रिया