वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्रः मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाएका छन्।
बुधबार ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताए।
उनले आजको नेपाली जनताको लामो त्याग, बलिदान र समर्पणबाट मुलुकमा प्रजातन्त्रको स्थापना भएको बताए। शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भने, “नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण छ, यसले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यता अबलम्वन गर्दै जनताका आशा अपेक्षा पूरा गर्नेतर्फ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु।”
त्यसैगरी उनले राज्य शक्तिको स्रोत जनता मात्र भएकाले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताएका छन्। लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनता आफैले संविधान बनाएको उल्लेख गर्दै उनले वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुने जनाएका छन्।
नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सके मात्र यो व्यवस्था दिगो हुने बताउँदै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री कँडेलले गरेका छन्।


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया