वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्रः मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाएका छन्।
बुधबार ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताए।
उनले आजको नेपाली जनताको लामो त्याग, बलिदान र समर्पणबाट मुलुकमा प्रजातन्त्रको स्थापना भएको बताए। शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भने, “नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण छ, यसले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यता अबलम्वन गर्दै जनताका आशा अपेक्षा पूरा गर्नेतर्फ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु।”
त्यसैगरी उनले राज्य शक्तिको स्रोत जनता मात्र भएकाले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताएका छन्। लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनता आफैले संविधान बनाएको उल्लेख गर्दै उनले वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुने जनाएका छन्।
नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सके मात्र यो व्यवस्था दिगो हुने बताउँदै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री कँडेलले गरेका छन्।
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया