देउवाले स्थगित गरे भारत भ्रमण, कारण यस्ताे

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।
उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा देउवालाई वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । जसमा युपीका मुख्यमन्त्री योगी आदित्य नाथ पनि सहभागी हुने बताइएको थियो ।
पूर्वप्रधानमन्त्री देउवा बिहिबार भारत जाने तय भएपछि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो । देउवाले बिहिबार बिहान आफ्नो भारत भ्रमण अचानक स्थगित गरेका हुन् । उनी एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तय भएको थियो ।
परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमती डा.आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केलगत्तै देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि देउवाले भारत भ्रमण स्थगित गरेको जानकारीमा आएको बताए ।
स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । दिल्लीमा आजै नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण तय भएको छ ।
















राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया