मेची भन्सारले उठायो पौने ९ अर्ब राजस्व

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व संकलन गरेको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो ।
गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट रु पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व संकलन भएको छ । यसैगरी तरकारीको आयतबाट रु ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट रु १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट रु १५ करोड ७३ लाख २५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।
चालु आवको सात महिनामा रु १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा रु नौ करोड २२ लाख २९ हजार र रु २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा रु आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व सङ्कलन भएको छ ।










एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया