साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित
मेरोन्यूज
२०८१ फागुन १० गते ७:०७

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
अल इत्तिफाकको जित मा जोर्जिनियो विजनाल्डमले २ गोल गरेका थिए भने एक गोल अल नासरका मोहमद अल फातिले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै अल नासरका लागि आयम्यान याहया र मोहमद अल फातिले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको इन्जुरी समयमा अल नासरका जोन दुरानले रातो कार्ड पाएका थिए ।
यो यस सिजनमा अल नासरको तेस्रो हार हो । यो हारपछि अल नासरको २१ खेलमा ४४ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।
त्यस्तै अल इत्तिफाकको भने यो जितपछि २१ खेलमा २८ अंक भएको छ र लिगमा आठौँ स्थानमा छ ।
सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया