साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित
मेरोन्यूज
२०८१ फागुन १० गते ७:०७

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
अल इत्तिफाकको जित मा जोर्जिनियो विजनाल्डमले २ गोल गरेका थिए भने एक गोल अल नासरका मोहमद अल फातिले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै अल नासरका लागि आयम्यान याहया र मोहमद अल फातिले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको इन्जुरी समयमा अल नासरका जोन दुरानले रातो कार्ड पाएका थिए ।
यो यस सिजनमा अल नासरको तेस्रो हार हो । यो हारपछि अल नासरको २१ खेलमा ४४ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।
त्यस्तै अल इत्तिफाकको भने यो जितपछि २१ खेलमा २८ अंक भएको छ र लिगमा आठौँ स्थानमा छ ।
सम्बन्धित











सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया