बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियमहरू उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारु अर्थात साढे ५ करोड रुपैयाँ जरिवाना गरेको छ । ईडीले बीबीसीका तीन निर्देशकहरूलाई १.१४ करोड रुपैयाँभन्दा बढी जरिवाना पनि लगाएको छ । यो आदेश भारतीय विदेशी विनिमय व्यवस्थापन ऐन अन्तर्गत दिइएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।
रिपोर्ट अनुसार बीबीसी वर्ल्ड सर्भिस इन्डिया सात प्रतिशत एफडीआई कम्पनी हो । बीबीसी डिजिटल समाचार माध्यम हो, तर कम्पनीले सत प्रतिशत एफडीआई कायम राखेको छ । जबकि २०१९ मा सरकारले जारी गरेको आदेश अन्तर्गत, डिजिटल मिडियामा एफडीआईको सीमा २६ प्रतिशतमा तोकिएको थियो, जसलाई कम्पनीले बेवास्ता गरेको थियो ।
ईडीले अगस्ट ४, २०२३ मा बीबीसी वर्ल्ड सर्भिस इन्डिया, यसका तीन निर्देशक र वित्त प्रमुखलाई कारण देखाउ सूचना जारी गरेको थियो ।
बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई कुल ३ करोड ४४ लाख ४८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको छ । यसबाहेक, कम्पनीले नियमहरूको पालना नगरेसम्म, फेमा १९९९ को प्रावधानहरूको उल्लङ्घन गरेकोमा अक्टोबर १५, २०२१ पछि प्रत्येक दिनको लागि पाँच हजार जरिवाना पनि लगाइएको छ ।
फेब्रुअरी २०२३ मा, आयकर विभागले बीबीसीको मुम्बई र दिल्ली कार्यालयहरूमा छापा मारेको थियो । बीबीसीमाथि अन्तर्राष्ट्रिय कर छलीको आरोप लागेको थियो ।
आयकर बिभागले दिल्लीको केजी मार्ग क्षेत्रमा रहेको एचटी टावरको पाँचौं र छैटौं तलामा रहेको बीबीसीको कार्यालय र मुम्बईको सान्ताक्रुज क्षेत्रमा रहेको बीबीसी स्टुडियोमा पनि छापा मारेको थियो ।
ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) वर्ल्ड सर्भिस टेलिभिजन बेलायती सरकारी निकाय हो । यसले ४० भाषाहरूमा समाचार प्रसारण गर्दछ । ब्रिटिश संसदले अनुदान मार्फत यसको लागि कोष जुटाउँछ । यो विदेश तथा राष्ट्रमण्डल कार्यालय मार्फत व्यवस्थित गरिन्छ । यो डिजिटल, संस्कृति, मिडिया र खेलकुद विभाग अन्तर्गत काम गर्दछ । बीबीसी सन् १९२७ मा शाही चार्टर अन्तर्गत सुरु भएको थियो ।
















युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया