विकास-निर्माणका काममा सरकार क्रियाशील छ: मन्त्री शाही

बागलुङ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास(निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।
शनिबार (आज) बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको बताए ।
आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको कथन थियो । यद्यपि उनले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए ।
“यो सरकारले जनतामा आशा जगाउने गरी काम गरिरहेको छ, गठबन्धनलाई सुदृढ बनाउने प्रयास जारी छ” मन्त्री शाहीले भने “पहिलेको जस्तो निराश हुनु पर्ने अवस्था छैन सरकार सबै क्षेत्रको विकासका निम्ति गम्भीर भएर लागेको छ ।” उनले वनलाई जनतासँग र समृद्धिसँग जोड्नुपर्नेमा पनि जोड दिए ।
















सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया