केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुने तेश्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा संघका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी जियानलुजी बुफनको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।









टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया