चलचित्र ‘लाज शरणम्’ काे सेन्सर पास
मेरोन्यूज
२०८१ फागुन ११ गते १४:३९

काठमाडौं । केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)बाट चलचित्र ‘लाज शरणम्’ पास भएको छ।
आज(आइतबार) सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको हो।
यसअघि उच्च अदालत पाटनले सेन्सर पास नभएसम्म फिल्मको प्रचार रोक्न आदेश दिएको थियो। नेता अफताव आलमले फिल्मका पात्र सीताराम कट्टेलको हुलिया मिलेको भन्दै अदालतमा रिट दायर गरेका थिए।
कुमार कट्टेलले निर्देशन गरेको चलचित्र ‘लाज शरणम्’ फागुन १४ गतेबाट प्रदर्शनमा आउँदै छ।
फिल्ममा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।
सम्बन्धित









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया