सुटिङका क्रममा घाइते भए गुरु रन्धावा
मेरोन्यूज
२०८१ फागुन १२ गते १४:४८

काठमाडौं । भारतीय गायक तथा अभिनेता गुरु रन्धावा आगामी फिल्म ‘शन्की सरदार’को सेटमा घाइते भएका छन्। गम्भीर चोटपटक लागेका कारण उनलाई अस्पताल भर्ना गरिएको छ ।
फिल्मको एक्सन दृश्यको छायांकनका क्रममा उनी गम्भीर घाइते भएको बताइएको छ । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
आफ्नो इन्स्टा अकाउन्टमा रन्धावा आफैंले अस्पतालको बेडबाट सुतिरहेको एउटा तस्वीर सेयर गरेका छन् । क्याप्सनमा उनले लेखेका छन्– ‘मेरो पहिलो स्टन्ट, मेरो पहिलो चोट, तर मेरो हौसला कायम छ । फिल्म शौन्की सरदारको सेटमा एउटा याद । एक्सन एकदमै गाह्रो काम हो, तर म मेरा दर्शकहरूको लागि कडा परिश्रम गर्नेछु ।’
‘शन्की सरदार’ आगामी वर्ष रिलिज हुँदैछ । फिल्ममा गुरु रन्धावासँगै अभिनेत्री निम्रत अहलुवालियाको अभिनय छ ।
सम्बन्धित
















इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया