सुटिङका क्रममा घाइते भए गुरु रन्धावा
मेरोन्यूज
२०८१ फागुन १२ गते १४:४८

काठमाडौं । भारतीय गायक तथा अभिनेता गुरु रन्धावा आगामी फिल्म ‘शन्की सरदार’को सेटमा घाइते भएका छन्। गम्भीर चोटपटक लागेका कारण उनलाई अस्पताल भर्ना गरिएको छ ।
फिल्मको एक्सन दृश्यको छायांकनका क्रममा उनी गम्भीर घाइते भएको बताइएको छ । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
आफ्नो इन्स्टा अकाउन्टमा रन्धावा आफैंले अस्पतालको बेडबाट सुतिरहेको एउटा तस्वीर सेयर गरेका छन् । क्याप्सनमा उनले लेखेका छन्– ‘मेरो पहिलो स्टन्ट, मेरो पहिलो चोट, तर मेरो हौसला कायम छ । फिल्म शौन्की सरदारको सेटमा एउटा याद । एक्सन एकदमै गाह्रो काम हो, तर म मेरा दर्शकहरूको लागि कडा परिश्रम गर्नेछु ।’
‘शन्की सरदार’ आगामी वर्ष रिलिज हुँदैछ । फिल्ममा गुरु रन्धावासँगै अभिनेत्री निम्रत अहलुवालियाको अभिनय छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया