शुक्रबार, पुष ४, २०८२

सेयर बजारमा सामान्य सुधार, काराेबार कति ?

मेरोन्यूज २०८१ फागुन १२ गते १५:५३

काठमाडौँ । कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अंकले बढेर २ हजार ७५८ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता शेयर एक लाख ३ हजार २६२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८  बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ १.२२, लगानी १.०९ , उत्पादन तथा प्रशोधन ६९.८० र अन्य समुह ५८.१४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५९ करोड ३५ लाख ३८ हजार ९५ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया