इश्वर गुरुङ्गको नमस्ते ब्याण्डले ३६औँ वार्षिकोत्सव मनाउँदै, एलओडि क्लबमा विशेष कार्यक्रम

काठमाडौं। नमस्ते सांस्कृति संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । काठमाडौँको प्रसिद्ध एलओडी क्लबमा बुधबार आयोजना हुने अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५को आयोजना हुने भएको हो ।
अठारौँ महाशिवरात्री विश्व संगीत महोत्सव २०२५का संयोजक ईश्वर गुरुङ (नमस्ते ब्याण्ड)का संयोजकका अनुसार कार्यक्रममा ५ हजार भन्दा बढीको सहभागिता हुने बताए । राजधानीको दरबारमार्ग आयोजित पत्रकार सम्मेलनमा गुरुङले काठमाडौँ पोखरा र अन्य स्थानहरूमा समेत ऐतिहासिक सांगितिक कार्यक्रम हुने जानकारी गराए ।
नेपाल राष्ट्र (हिमालय) गोर्खाली नेपालीको चिनारी नेपाली पहिचान तथा नेपाली संगीत कला साहित्य , भाषा र संस्कृति पर्यटन प्रवद्र्धन सम्बद्र्धन तथा अन्तर्राष्ट्रिय संस्कृतिको आदन प्रदानका साथै संगीतकर्मीहरूको एकता एकता सदभाव मित्रता र भाइचारा बढाउन उद्देश्यले विगत ३५ वर्ष अगाडि नेपाली तथा जापानिज समुदायका सदस्यहरू मिलेर (नेपाल र जापान)मा सांगितिक टोली (नमस्ते ब्याण्ड)को स्थापना भएको थियो । यो ब्याण्ड यो वर्ष ३६औँ वर्षमा प्रवेश गरेको हो । विगत ३५ वर्षमा नमस्ते ब्याण्डले नेपालमा मात्रै नभएर विश्वमा नै एक अमिट छाप छोड्न सफल रहेको जनाउँदै जापानबाटै नेपालको पहिलो पटक गीति एल्बम सीडी(एकता) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा (जापानबाट) उत्पादन तथा बिक्री गरिएको जनाइएको छ ।
भिजिट नेपाल वर्ष १९९८ को अवसरमा सबै भन्दा अग्लो ठाउँबाट लाइभ कन्र्सट गरेको इतिहास पनि नमस्ते ब्याण्डले इतिहास रचेको थियो । नेपालमा नै पहिलो पटक ३० दिनमा २९ प्रमुखहरुमा मेची महाकाली संगीत यात्रा गरेको नमस्ते ब्याण्डले विभिन्न सम्मानित पुरस्कारबाट सम्मानित ब्याण्ड हो । महाशिवरात्रीको अवसरमा संगीत महोत्सव लगातार आयोजना गर्ने क्रममा यो वर्ष अठारौँ महाशिवरात्री महोत्सव गर्न लागेको हो ।


















सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया