स्वास्थ्य सचिवका लागि तीन जनाको नाम शिफारिस
मेरोन्यूज
२०८१ फागुन १३ गते १९:३३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा.टंक बाराकोटी र डा.विकास देवकोटाको नाम सिफारिस भएको हो । सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सचिवमा ३ जनाको नाम सिफारिस गरेको हो ।
नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ ।
अब सिफारिस भएका तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।
सम्बन्धित















अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया