तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सङ्घको हिजो र आज यहाँ भएको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नपाएका विषय ध्यानाकर्षण गराएएको छ ।
छलफलबाट सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि भुक्तानी नदिने निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट भुक्तानीको लागि सहजीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई सङ्घले अनुरोध गरेको छ ।
रकम नपाए सङ्घ आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ । कृषि विकास मन्त्रालय र सङ्घबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन र दुग्ध विकास संस्थानको पुनःसंरचना गर्न सङ्घले आग्रहसमेत गरेको छ ।
कृषकलाई दुध उत्पादनको आधारमा दिइने प्रोत्साहन अनुदान उपलब्ध गराउनसमेत सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया