म्यान्मारले उचाल्यो उपाधि, तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित

काठमाडौं। फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको छ ।
बुधबार साँझ दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा आयोजक नेपाललाई म्यान्मारले २-० गोलले पराजित गरेको छ ।
नेपाली महिला फुटबलले यस पटक पनि उपाधिको खडेरी टार्न सकेन । नेपालको उपाधि खोजी अझै लम्बिएको ।
सन् २०१० देखि ठूला प्रतियोगिताका १३ वटा फाइनल खेलिसकेको नेपाल अझैसम्म उपाधिविहीन छ। अब नेपाल १३ औँ पटक उपविजेतामा सीमित भएको छ । घरेलु मैदानमा भएको १३औँ फाइनलमा पनि उपाधि चुम्ने नेपालको सपना तुहियो ।
म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो ।
म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको थियो । त्यसपछि दुवै टोली गोल गर्न चुके । यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १५ हजार ५ सय ६८ हजार नेपाली दर्शक फेरि एक पटक स्तब्ध भए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया