म्यान्मारले उचाल्यो उपाधि, तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित

काठमाडौं। फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको छ ।
बुधबार साँझ दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा आयोजक नेपाललाई म्यान्मारले २-० गोलले पराजित गरेको छ ।
नेपाली महिला फुटबलले यस पटक पनि उपाधिको खडेरी टार्न सकेन । नेपालको उपाधि खोजी अझै लम्बिएको ।
सन् २०१० देखि ठूला प्रतियोगिताका १३ वटा फाइनल खेलिसकेको नेपाल अझैसम्म उपाधिविहीन छ। अब नेपाल १३ औँ पटक उपविजेतामा सीमित भएको छ । घरेलु मैदानमा भएको १३औँ फाइनलमा पनि उपाधि चुम्ने नेपालको सपना तुहियो ।
म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो ।
म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको थियो । त्यसपछि दुवै टोली गोल गर्न चुके । यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १५ हजार ५ सय ६८ हजार नेपाली दर्शक फेरि एक पटक स्तब्ध भए ।
















US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद हुँदा २२ जना कैदीबन्दी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया