अहिलेको सरकार हामीले गरेका राम्रा कामको कार्यान्वयन रोक्दैछ : प्रचण्ड

काठमाडौं। माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरूको कार्यान्वयन वर्तमान सरकारले रोकिरहेको आरोप लगाएका छन् ।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सुनसरीको देवानगन्ज गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको दाबी गरे । उनले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने गरेकोमा अब यसमा पनि समस्या आउन थालेको आरोप लगाए ।
आफू नेतृत्वको सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याजपीडितको समस्या समाधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए ।
प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको, तर त्यो सम्भव नभएको बताए । संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरूका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टाचारको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने दाबी गरे ।
मधेशको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै उनले कृषि पेन्सन, कृषि बीमा, ठाउँठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया