महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट, जिल्ला सभापति घाइते

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मोरङमा कुटाकुट भएको छ । बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा कांग्रेसको संस्थापन पक्ष र इत्तर समूहबीच कुटाकुट भएको हो ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा र इतर समूहका शेखर कोइराला समूहका नेताहरुबीच कुटाकुट हुँदा कोइराला समूहका दुई नेता कुटिएका हुन् ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र आयुष दाहालसहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषय लिएर गएपछि विवाद भएको थियो । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको समूहले पोखरेल र दाहाललाई कुटेको बताईएको छ ।
स्ववियु सभापति पौडेल देउवा समूहका हुन् । जिल्ला सभापति पोखरेल भने कोइराला समूह हुन् । उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया