दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले इङल्याण्डका पूर्व कप्तान केभिन पिटरसनलाई २०२५ सिजनको लागि आफ्नो मेन्टर नियुक्त गरेको छ । ४४ बर्षिय पिटरसन पहिलो पटक प्रशिक्षकको भूमिकामा हुनेछन् ।
उनी २००९ देखि २०१४ सम्म आइपिएलमा खेलाडीको रूपमा सहभागी थिए । उनले १७ आईपीएल खेलमा कप्तानी पनि गरिसकेका छन् । उनले दिल्लीबाट आइपिएल समेत खेलेका थिए ।
फ्रान्चाइजले ३ महिना अघि आफ्नो कोचिङ स्टाफ परिवर्तन गरेको थियो । त्यसपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङ पञ्जाब किंग्समा सामेल भएका थिए ।
दिल्लीले भारतका पूर्व तीव्र गतिका बलर मुनाफ पटेललाई बलिङ प्रशिक्षक नियुक्त गरिएको थियो भने हेमाङ बदानी टोलीको मुख्य प्रशिक्षक र वेणुगोपाल राव क्रिकेट निर्देशक बनेका थिए ।
दिल्ली क्यापिटल्सको टोली २०२१ देखि आईपीएल प्लेअफमा पुग्न सकेको छैन भने आइपिएल शुरु भएदेखिनै उपाधि जित्न नसकेका अहिलेका चार फ्रेन्चाइजी मध्ये दिल्ली पनि एक हो ।















मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया