नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन्।
सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार-सरकार र जनता-जनताबीचको लामो सम्बन्ध अब आयात-निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन्।
“नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन्। नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ। जनस्तरका यस्ता अशल सम्बन्धका अनेक आयामहरु छन्’, प्रधानमन्त्री ओलीले भने, “हामीबीच अबल मित्रता छ। खाली मित्रताबाहेक अरु केही छैन। हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ। समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ।’
प्रधानमन्त्री ओलीले युद्धले विनास र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको भनाइ राखे।
गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुुन १४ देखि १६गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया