बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी कम्तीमा दुई जनाको हत्या

बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी हत्या गरिएको छ । आक्रमणमा संलग्न रहेको आशङ्कामा सोही नर्सिङ्ग होमका एक वृद्धलाई पक्राउ गरिएको बेल्जियमका मेयर कोएनराड डेग्रोटेले शुक्रबार बताए।
पश्चिमी बेल्जियमको डेन्टर्जेममा भएको आक्रमणपछि अस्पतालमा उपचाररत अर्का एक वृद्धले आफ्नो ज्यान जोगाउन सङ्घर्ष गर्नुपरेको बताएका नगरपालिका प्रमुखले एएफपीलाई बताए । नगर प्रमुखका अनुसार मृत्यु हुनेमा सबै ९० वर्षका रहेका छन् । डेग्रोटेका अनुसार संदिग्ध आक्रमणकारी पनि नर्सिङ होममा बस्ने ९० वर्षका एक बासिन्दा थिए ।
स्थानीय अभियोजकको कार्यालयले एएफपीलाई दिएको जानकारीमा दुई जनाको हत्यापछि एक जनालाई पक्राउ गरिएको र आक्रमणमा घाइते भएका अर्का एक जना अस्पतालमा रहेको पुष्टि गरेको छ । घटनाको कारण तत्काल खुल्न नसकेको र अनुसन्धानपछि जानकारी गराउने स्थानी प्रहरीले जनाएको छ ।
















बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
प्रतिक्रिया