बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी कम्तीमा दुई जनाको हत्या

बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी हत्या गरिएको छ । आक्रमणमा संलग्न रहेको आशङ्कामा सोही नर्सिङ्ग होमका एक वृद्धलाई पक्राउ गरिएको बेल्जियमका मेयर कोएनराड डेग्रोटेले शुक्रबार बताए।
पश्चिमी बेल्जियमको डेन्टर्जेममा भएको आक्रमणपछि अस्पतालमा उपचाररत अर्का एक वृद्धले आफ्नो ज्यान जोगाउन सङ्घर्ष गर्नुपरेको बताएका नगरपालिका प्रमुखले एएफपीलाई बताए । नगर प्रमुखका अनुसार मृत्यु हुनेमा सबै ९० वर्षका रहेका छन् । डेग्रोटेका अनुसार संदिग्ध आक्रमणकारी पनि नर्सिङ होममा बस्ने ९० वर्षका एक बासिन्दा थिए ।
स्थानीय अभियोजकको कार्यालयले एएफपीलाई दिएको जानकारीमा दुई जनाको हत्यापछि एक जनालाई पक्राउ गरिएको र आक्रमणमा घाइते भएका अर्का एक जना अस्पतालमा रहेको पुष्टि गरेको छ । घटनाको कारण तत्काल खुल्न नसकेको र अनुसन्धानपछि जानकारी गराउने स्थानी प्रहरीले जनाएको छ ।











कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
प्रतिक्रिया