न्यूजील्याण्डलाई हराउँदै भारत बन्यो समुह विजेता

काठमाडौँ । भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ ।
भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो ।
न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर वरुण चक्रवर्तीले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो ।
भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिएका थिए ।
यो जितपछि भारत समुह ए मा समुह विजेता बनेको छ र अब सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका खेल्ने भएका छन् ।
अब पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबीच आगामी मंगलबार हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुने छ ।











सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया