रुपन्देही पुगे कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा पत्नी आरजु राणा देउवाका साथमा सोमबार बिहान विमानमार्फत भैरहवा पुगेका हुन् ।
देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
यसअघि कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कास्कीको पोखरामा आयोजना गरेको थियो । देउवा रुपन्देही पुग्नुअघि नै कांग्रेस नेता डा.शेखर कोइराला भने विराटनगर हिँडेका छन् । उनी प्रशिक्षण कार्यक्रममा सहभागी हुने छैनन् ।
पोखराको कार्यक्रममा नबोलाएको रिसमा सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने प्रशिक्षणमा पनि शेखर सहभागी नहुने भएका छन् । शेखरको निजी सचिवालयले विराटनगरमा पहिल्यै कार्यक्रम तय भइसकेकाले सहभागी हुन नसकेको बताएको छ । तर शेखर भने १५औं महाधिवेशनमा सभापतिमा लड्ने तयारीस्वरूप पार्टी सभापति देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् ।










मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया