रुपन्देही पुगे कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा पत्नी आरजु राणा देउवाका साथमा सोमबार बिहान विमानमार्फत भैरहवा पुगेका हुन् ।
देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
यसअघि कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कास्कीको पोखरामा आयोजना गरेको थियो । देउवा रुपन्देही पुग्नुअघि नै कांग्रेस नेता डा.शेखर कोइराला भने विराटनगर हिँडेका छन् । उनी प्रशिक्षण कार्यक्रममा सहभागी हुने छैनन् ।
पोखराको कार्यक्रममा नबोलाएको रिसमा सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने प्रशिक्षणमा पनि शेखर सहभागी नहुने भएका छन् । शेखरको निजी सचिवालयले विराटनगरमा पहिल्यै कार्यक्रम तय भइसकेकाले सहभागी हुन नसकेको बताएको छ । तर शेखर भने १५औं महाधिवेशनमा सभापतिमा लड्ने तयारीस्वरूप पार्टी सभापति देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् ।















राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
Gold price up, silver holds steady
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया