दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १४ अर्ब २८ करोडको कारोबार

काठमाडौँ। सेयर बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार ७५ अंकले बढेको नेप्से परिसूचकमा सोमबार भने १३ अंकको गिरावट देखिएको हो। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
नेप्सेका अनुसार परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ को बिन्दुमा कायम भएको हो। यस दिन ३०० कम्पनीको सेयर कारोबार हुँदा १८७ कम्पनीको घटेको छ भने ५१ कम्पनीको बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ।
सोमबार तीन करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर एक लाख ३९ हजार ५५५ पटक खरिदबिक्री हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ कारोबार भएको छ। यसअघि आइतबार १४ अर्ब २५ करोड चार लाख ७५ हजार ७३६ बराबरको कारोबार भएको छ।
यस दिनको कारोबारमा लाइफ इन्स्योसेन्स ०.७७, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फन्ड १.००, निर्जीवन बीमा ०.४६ र अन्य समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंक १.३५, विकास बैंक ०.८४, वित्त ०.९३, होटल तथा पर्यटन १.८८, जलविद्युत् १.२१, लगानी ०.२४, लघुवित्त ०.८८ र व्यापार समूहको उपसूचक ०.८४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९२४ रुपैयाँ बराबरको १२ लाख ९५ हजार ५०६ कित्ता सेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा एचआईडीसीएलको १७ लाख ७१ हजार ५५० कित्ता किनबेच भएको छ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया