विराट गोल्डकप सुरू : कोलकातालाई पराजित गर्दै मोरङको संघर्षपूर्ण जित

विराटनगर – विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङले संघर्षपूर्ण जित निकालेको छ।
सोमबार बेलुका राति भएको खेलमा भारतको साउर्थन समिति फुटबल क्लब कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।
खेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए।
तर, त्यसको चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडमार्फत् गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।
मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२ औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
खेल सकिन एक मिनेट बाँकी रहँदा मोरङका मौसम लिम्बूले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।
विराट गोल्डकपमा विजेता टिमलाई नगद ११ लाख रुपैयाँ र ट्रफी दिइने छ भने उपविजेता टिमलाई नगद ५ लाख रुपैयाँ पुरस्कार रहेको छ।
मंगलबार हुने खेलमा सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुने छ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया