ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

ललितपुर । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भइ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ आज ललितपुर महानगरपालिका–२५ भैँसेपाटीको प्रगतिनगर चोकमा आयोजित अन्तरक्रियाका वक्ताहरूले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरीबीचमा साझेदारी गर्नुपर्नेमा जोड दिए । प्रगतिनगर सडक विस्तार तथा स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष दिनेश अम्गाईले टोलको विकास र स्थानीय आवश्यकतालाई पूर्ति गर्न सबै एक हुनुपर्ने बताए । उनले टोलवासी एवं प्रहरीबीचको सौहार्दताले समाजलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका प्रहरी निरीक्षक शशिधर शर्माले टोलीवासीलाई एकताबद्ध भएर सुरक्षा निकायसँग सम्पर्कमा रहन आग्रह गरे । उनले टोलमा अव्यवस्थित पार्किङ नगर्न सुझाव दिए ।
सो अवसरमा स्थानीयवासी डा. लक्ष्मण न्यौपानेले टोल समाजको विकासको स्तर उकास्न टोलवासी एकताबद्ध हुन आग्रह गरे। उनले सडकमा अनावश्यक पार्किङ नगर्न र फोहर नफाल्न आग्रह गर्दै सबैको बलबाट समाजलाई सुरक्षित र सफा राख्न मद्दत पुग्ने बताए । कार्यक्रममा प्रगतिनगरदेखि शिवमन्दिरसम्मका टोलवासीको उपस्थिति थियो ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया