सेमिफाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलिया

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ । पहिलो सेमिफाइनल भारत र अस्ट्रेलिया खेल्दै छन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।
भारत समुह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समुह बि को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।
आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हावी हुदै आएको छ । २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडी अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।
भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुदै छ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया