बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो

काठमाडौँ । पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी-२० टिमबाट बाहिर राखेको छ । यहि मार्च १६ देखि हुने न्यूजील्याण्डविरुद्धको सिरिजका लागि पाकिस्तानले आजम र रिजवानलाई टी-२० सिरिजबाट ड्रप गरेको हो ।
टी-२० टिमका लागि पाकिस्तानले सलमान अली आगालाई कप्तान बनाएको छ । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिएको छ । आइसीसी च्याम्पियन्स ट्रफीमा खराब प्रदर्शनपछि पनि रिजवानलाई एकदिवसीय कप्तानको रुपमा निरन्तरता दिइएको हो ।
त्यस्तै तिब्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय टिमबाट हटाइएको छ । त्यस्तै टी-२० को कप्तान बनाइएका आगाले एकदिवसीय खेलहरुमा उपकप्तानको भूमिका निभाउने बोर्डले जनाएको छ ।
टी-२० टिम:
सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल समद, अबरार अहमद, हरिस रउफ, हसन नवाज, जहानद खान, खुशदिल शाह, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद अली, मोहम्मद हरिस, मोहम्मद इरफान खान, ओमेर बिन युसुफ, शाहीन शाह अफ्रिदी, सुफियान खान, उसमान खान ।
एकदिवसीय टिम:
मोहम्मद रिजवान (कप्तान), सलमान अली आगा (उपकप्तान), अब्दुल्ला शफिक, अबरार अहमद, अकिफ जावेद, बाबर आजम, फहीम अशरफ, इमाम-उल-हक, खुशदिल शाह, मोहम्मद अली, मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, सुफयान मोकिम र ताब्यान मोकिम ।
न्यूजील्याण्ड टूरका क्रममा पाकिस्तानले ५ टी-२० र ३ एकदिवसीय खेलको सिरिज खेल्ने छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया