च्याम्पियन्स ट्रफी: दोस्रो सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रीका भिड्दै

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको खेल हुदै छ ।
दोस्रो सेमिफाइनलमा आज न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका समुह बी को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समुह ए को उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्युजील्याण्डले समुह चरणमा एक खेलमा हार बेहोरेको थियो ।
दुवै देशबीच हेड टू हेडको कुरा गर्दा दक्षिण अफ्रिका र न्यूजील्याण्डबीच अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजील्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलको विजेताले मार्च ९ मा हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतसँग खेल्ने छ ।











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया