आइतबार, वैशाख २७, २०८३

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८१ फागुन २१ गते ११:५५

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।

Advertisement
NiccNicc

मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया