भारतसँग हारेपछि स्मिथले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

काठमाडौँ। आइसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको सेमिफाइनल हारपछि स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । स्मिथ टेस्ट र टी-२० क्रिकेट भने खेलिरहने भएका छन् ।
३५ वर्षीय स्मिथले भारतसँगको हारपछि आफ्ना टोलीका साथीहरूलाई आफुले एकदिवसीय क्रिकेट नखेल्ने जानकारी गराएका थिए । नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा च्याम्पियन्स ट्रफीमा स्मिथले अस्ट्रेलियन टिमको कप्तानी समेत गरेका थिए । सन्यास लिएसँगै अब स्मिथ २०२७ को विश्वकपको लागि अस्ट्रेलियाको टोलीको हिस्सा हुनेछैनन् ।
स्मिथले भनेका छन्- ‘यो एक उत्कृष्ट यात्रा भएको छ र मैले यसको प्रत्येक मिनेट मन पराएको छु । धेरै अद्भुत समय र अद्भुत सम्झनाहरू भएका छन् । यात्रा साझा गर्ने धेरै उत्कृष्ट टोलीका साथीहरूसँग दुई विश्वकप जित्नु एक उत्कृष्ट आकर्षण थियो । अब खेलाडीहरूका लागि २०२७ को विश्वकपको लागि तयारी सुरु गर्ने एक उत्कृष्ट अवसर हो, त्यसैले यो बाटो बनाउने सही समय हो ।’ उनले अगाडी भनेका छन्- ‘टेस्ट क्रिकेट प्राथमिकतामा रहन्छ र म साँच्चै विश्व टेस्ट च्याम्पियनशिप फाइनल, वेस्ट इन्डिज र त्यसपछि घरमा इङ्गल्याण्डविरुद्ध खेल्न प्रतिक्षामा छु । मलाई लाग्छ कि मसँग अझै पनि त्यो चरणमा योगदान गर्न धेरै छ ।’
स्मिथ अस्ट्रेलियाका सफल खेलाडी मध्ये एक हुन् । उनले १७० एकदिवसीय खेल खेल्दै १२ शतक र ३५ अर्धशतकसहित ५८ सय रन बनाएका छन् । त्यस्तै उनले एकदिवसीय क्रिकेटमा २८ विकेट समेत लिएका छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया