संसदमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने- ‘अमेरिका इज ब्याक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्)लाई सम्बोधन गर्दै ‘अमेरिका फर्किएको’ घोषणा गरेका छन् ।
आफ्नो कट्टरपन्थी नीतिको प्रशंसा गर्दै डेमोक्र्याटिक पार्टीको शत्रुताको सामना गरेपनि युक्रेनमा सफलताको घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने, “मेरो प्रशासन ‘भर्खर सुरु हुँदैछ।”
सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले भने, ‘अमेरिकी सपना अजेय छ ।
जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो । यसको अर्थ अमेरिकी प्रत्येक व्यक्तिसँग सफल हुने र राम्रो जीवन प्राप्त गर्ने स्वतन्त्रता र अवसर छ भन्ने हो।
लगभग हरेक वाक्यांशसँगै रिपब्लिकन पार्टीका सदस्यहरूबाट ठूलो तालीको गडगडाहट पाएको उक्त सम्बोधनमा ट्रम्पले छुट्टाछुट्टै दुई पटक स्पेसएक्स र टेस्लाका मालिक मस्कको नाम उच्चारण गरेका थिए ।
सम्बोधनमा तालिको गडगडाहट कै केही मिनेटमै विपक्षी सांसद्बाट विरोध गरिएको थियो ।
विरोधका क्रममा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई लिएर ट्रम्पको विरोध गरिरहेका डेमोक्र्याटहरूले चुपचाप ‘झूटो’, ‘मस्कले चोरी गरे’ र ‘यो झूट हो’ जस्ता प्लेकार्डहरू बोकेर सभा हलमा उभिएका थिए ।
विरोधको कुनै एक क्षणमा अधिकांश डेमोक्र्याटहरूले ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेको सन् २०२१ जनवरी ६ मा क्यापिटोलमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आक्रमणको विगत कोट्याउने प्रयास गर्दै ‘जनवरी ६’ भनेर नारा लगाएका थिए ।
अठहत्तर वर्षीय राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो ६ हप्ताको प्रशंसा गर्दै अमेरिकी सरकारलाई नयाँ आकार दिन र युक्रेन युद्ध अन्त्यका लागि आफ्नो ध्रुवीकरणको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
















कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया