आठ महिनामा ७९४ फरार प्रतिवादी पक्राउ

भण्टाबारी (सुनसरी) । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीबाट एक सय २९ वर्ष सात महिना एक दिन कैद भुक्तान र रु एक करोड १२ लाख ४७ हजार दुईसय ७८ राजस्व तथा जरिबाना असुलउपर गरिएको उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत रहेका ८६ प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट सजाय पाएर कैद भुक्तान नगरी फरार रहेका विभिन्न स्थानका प्रतिवादी पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन, लागुऔषध ओसारपसार तथा भन्सार चोरी निकासी नियन्त्रण र नवप्रवर्द्धनात्मक गरी चार अभियान जिल्ला प्रहरी कार्यालयले चलाएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।
फरार प्रतिवादी पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न नेपाल प्रहरीले अपराध न्यूनिकरणमा आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ ।
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया