आमा श्रीदेवीको विरुद्धमा गएर अभिनेत्री बनेकी थिइन् जान्ह्वी

काठमाडौं । बलिउड अभिनेत्री जान्ह्वी कपूरको आज २८ औं जन्मदिन हो।
फिल्म ‘धडक’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी जान्ह्वी बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहान्थिन् । उनी स्कूले जीवनदेखि नै मोडलिङ र नृत्य प्रतियोगिताहरूमा भाग लिन्थिन् ।
तर आमा तथा दिग्गज स्वर्गीय अभिनेत्री श्रीदेवीले छाेरीलाई फिल्मी दुनियाँमा प्रवेश गराउन कहिल्यै चाहिनन्।
जान्ह्वीले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेकी थिइन्। उनले आफ्ना आमाबाबु दुवै फिल्म उद्योगसँग सम्बन्धित रहेका कारण पनि आफुलाई सानैदेखि अभिनयमा रुचि जागेको बताइन् ।
तर आमा श्रीदेवी आफ्नी छोरीले संघर्ष र तनावले भरिएको जीवनको सामना गर्नु नपरोस् भन्ने चाहान्थिन्।
अभिनयमै करियर बनाउन चाहेकी जान्ह्वीले आफ्नी आमालाई मनाउन बुबाको सहयोग लिइन्, बुबा बोनी कपूरले श्रीदेवीलाई मनाएपछि जान्ह्वीले बलिउडमा प्रवेशको सहमति पाएकी थिइन् ।
जान्ह्वीले सन् २०१८ मा फिल्म धडकबाट बलिउडमा डेब्यु गरिन् । तर छोरीको पहिलो फिल्म रिलिज हुनुभन्दा पाँच महिना अघि नै श्रीदेवीको निधन भयो ।









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया