रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्छन् ।
१२।४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्छ । ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्छ । डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप ९चार्जिङ केससहित० ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ ।
रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव प्रदान गर्छ । एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइम ९चार्जिङ केससहित० ले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । साथै १० मिनेटको क्विक चार्जले ३ घण्टासम्मको म्युजिक प्लेब्याक प्रदान गर्छ जुन यात्राका क्रममा अत्यन्तै उपयोगी हुन आउँछ ।
नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरुमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुनेछ । रेड्मी बड्स ६ लाइटको मूल्य रु। ३,४९९ रहेको छ भने रेड्मी बड्स ६ प्ले रु। १,९९९ मा खरिद गर्न सकिन्छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया