रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्छन् ।
१२।४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्छ । ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्छ । डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप ९चार्जिङ केससहित० ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ ।
रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव प्रदान गर्छ । एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइम ९चार्जिङ केससहित० ले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । साथै १० मिनेटको क्विक चार्जले ३ घण्टासम्मको म्युजिक प्लेब्याक प्रदान गर्छ जुन यात्राका क्रममा अत्यन्तै उपयोगी हुन आउँछ ।
नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरुमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुनेछ । रेड्मी बड्स ६ लाइटको मूल्य रु। ३,४९९ रहेको छ भने रेड्मी बड्स ६ प्ले रु। १,९९९ मा खरिद गर्न सकिन्छ ।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया