बंगलादेशका मुशफिकुरको एकदिवसीय क्रिकेटबाट सन्यास

काठमाडौँ । बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् । बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले सन्यासको घोषणा गरेका छन् ।
मुशफिकुरको एकदिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन् ।
मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्- ‘म आज एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु । हाम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा उपलब्धिहरू कम छन् । तर जब म देशको लागि खेले, म पूर्ण समर्पण र इमानदारीका साथ खेले । पछिल्ला केही हप्ताहरू मेरा लागि धेरै गाह्रो भएको छ ।’
मुशफिकुर रहिम बंगलादेशका लागि दोस्रो सर्वाधिक एकदिवसीय रन बनाउने खेलाडी हुन् । उनले २७४ एकदिवसीय खेलमा ७७९५ रन बनाएका छन् । जसमा ९ शतक र ४९ अर्धशतक समावेश छन् । साथै, उनी २५० भन्दा बढी एकदिवसीय खेल खेल्ने केवल ५ विकेटकिपरमध्ये एक हुन् । रहिम सूचीमा चौथो स्थानमा छन् ।
उनले २०२२ को टी-२० विश्वकपपछि ३७ बर्षिय मुशफिकुरले टी-२० बाट सन्यास लिएका थिए । उनले टेस्ट क्रिकेट भने खेल्ने बताएका छन् । अहिलेसम्म ९४ टेस्ट खेलेका छन् । यदि रहिमले १०० टेस्ट खेले भने, उनी यो आंकडामा पुग्ने पहिलो बंगलादेशी खेलाडी बन्नेछन् ।


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया