पीएम कपमा छुटे सन्दीप, तत्काल मैदानमा नफर्किन डाक्टरको सुझाव

काठमाडौं । स्टार स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा छुट्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन् ।
बाग्मती प्रदेशले हिजो नियमित कप्तान सन्दीपलाई बाहिर राखेर टिम घोषणा गरेको थियो । घोषित १५ सदस्यीय टोलीमा पृथु बास्कोटालाई कप्तान बनाइएको छ । सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि पृथुलाई कप्तानी दिइएको हो ।
गत माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए । सो पश्चात् उनी पूर्णरुपमा फिट भइसकेका छैनन् । उनलाई चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएको स्रोतले बतायो ।
‘उहाँ सामान्यरुपमा हिँडडुल गर्न त सक्नुहुन्छ । तर, मैदानमा बलिङ, फिल्डिङ गर्दा समस्या उत्पन्न हुन सक्ने भनेर डाक्टरले नखेल्न सुझाव दिनुभएको थियो । पूर्णरुपमा फिट हुन अब बढीमा एक महिना लाग्छ होला’ स्रोतले भन्यो ।
केही समयमा अन्तर्राष्ट्रिय म्याच खेल्नुपर्ने भएकाले पनि अहिले सन्दीपले रिस्क लिन चाहेका छैनन् । प्रधानमन्त्री कप फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन मैदानमा आयोजना हुँदैछ । यस प्रतियोगितामा ७ प्रादेशिक र ३ विभागीय गरी १० टोलीको सहभागिता छ ।
बागमतीको टिम: पृथु बास्कोटा (कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सूर्य तामाङ, रित गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया