गृहश्रमिक महिलाहरुको आफ्नो पहिचानको माग

काठमाडौं । गृह श्रमिक सरोकार समाज नेपाल र मानव अधिकारका लागि महिला एकल महिला समूहले आज काठमाडौमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी गृहश्रमिक महिलाहरुले घरमा बसेर गर्ने काममको उचित मूल्य, पहिचान, र पेन्सनको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
छलफलमा लामो समय गृहश्रमिकका रुपमा काम गर्दै आएकी अप्सरा मर्हजनले घरको सबै काम भ्याएर अतिरिक्त समयमा महिलाहरुले गर्ने कामको कानूनी मान्यता, ज्याला निर्धारण, सरकारी तथा गैह्रसरकारी क्षेत्रमा काम गर्ने श्रमिक सरह पारिश्रमिक पाउनुपर्नेमा जोड दिइन् ।
अधिवक्ता गोमा निरौलाले श्रम ऐन सशोधन गरि गृह श्रमिकलाई पनि सम्बोधन गर्नुपर्ने बताइन् । त्यसैगरि अधिवक्ता सविन श्रेष्ठले घरेलु कामदार र गृहश्रमिक फरक क्षेत्र भएकाले कानूनले पनि फरक रुपमै सम्बोधन गर्नुपर्ने बताए । उनले गृहश्रमिक भनेर पहिचान नदिने हो भने गृहश्रमिकहरुलाई सरकारले वेरोजगार घोषणा गरिदिनुपर्ने बताएका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य रमा कोईरालाले सरकारले संचालन गरेका ठूला उद्योगहरु विस्तार बन्द हुँदै गैरहेको अवस्थामा अनौपचारिक रुपमा अर्थतन्त्रलाई गृहश्रमिकले ठूलो टेवा दिँदै आएका छन् । नेपाली महिला गृहश्रमिकहरु दुबई, साउदी लगायतका मुलुकमा ठूलो संख्यामा गैरहेको अवस्था छ । नेपालमै आईएलओ अभिसन्धि १७७ लागु हनेहो भने नेपालमै यी श्रमिकले रोजगारी पाउँने छन् ।
गृह श्रमिक सरोकार समाजका अध्यक्ष प्रभा पोखरेलले न्यूनतम ज्याला वा गोटाको दरले पनि श्रमिकको श्रमको मूल्य तोकिनपर्ने बताइन् । उनले हामी श्रमिक हौ श्रमिक बराबरको मान्यता पाउँ भनी एक सूत्रिय माग सहित यस बर्षको श्रमिक दिवसमा बुलन्द आवाज उठाउँने जानकारी दिइन् ।
उपासना राणा मानव अधिकारका लागि महिला एकल महिला समूहका कार्यकारी निर्देशक भन्नुहुन्छ, गृहश्रमिक पनि श्रमऐनमा समेटिनुपर्छ भनि स्थानिय तह देखि नै पहल गर्दै छौ । प्रदेश स्तर हुँदै केन्द्रीय स्तरमा पनि आवाज उठाउँदैछौ । एकल महिला समूह देश भरी छरिएकोछ । ८० प्रतिशत एकल महिला अशिक्षीत छन र अनौपचारिक क्षेत्रमा काम गर्छन तर राज्यको ध्यान नगएको र सामाजिक सुरक्षा भित्र नपरेको अवस्था छ ।
१० हजार भन्दा बढी गृह श्रमिक यो समूहले समेटेकोछ । उनीहरुलाई पहिचान सहित सामाजिक सुरक्षा कोषमा पर्नुपर्यो । बुढानिलकण्ठ लगायतका कतिपय नगरपालिकाले समेटीसकेको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया