भेटेको नागरिकतामा आफ्नो फोटो टाँसे, सिटिजन्स बैंक विराटनगरमा खाता खोलेर गरे ठगी

सप्तरी । हराएको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका-५ बस्ने २० वर्षीय अरूणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव रहेका छन्। उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
खतिवडाका अनुसार गत असार महिनामा एक जनाले नागरिकता हराएका थिए। त्यो नागरिकता अरूणकुमारले फेला पारेका थिए।
‘नागरिकतामा भएको फोटो उप्काएर आफ्नो फोटो टाँसेर बैंक खाता खोलेको पाइएको छ,’ खतिवडाले भने। अभिषेकले अरूणकुमारलाई त्यस कार्यमा सहयोग गरेको खुलेको खतिवडाले बताए।
नागरिकतामा आफ्नो फोटो टाँसेपछि अरूणकुमार विराटनगर पुगेका थिए। उनले विराटनगरमा रहेको सिटिजन्स बैंक पुगेर पीडितको नाममा खाता खोले।
‘खाता खोलेपछि उनले अन्य विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको भनी उजुरी आएको छ,’ खतिवडाले भने।
दुबै जनाले कति रकम ठगी गरे भन्नेबारे बैंकसँग विवरण मागिएको छ।
‘पहिले नागरिकता दुरुपयोग तथा किर्तेमा अनुसन्धान थालिएको छ,’ खतिवडाले भने, ‘बैंकबाट रकमको विवरण आएपछि ठगीमा थप कारबाही हुन्छ।’
दुबै जनालाई जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया