मंगलबार, वैशाख १६, २०८२

शिक्षकको समस्या समाधान गर्न माग

मेरोन्यूज २०८१ फागुन २३ गते १६:२४

काठमाडौं । राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले लामो समयदेखि आन्दोलित शिक्षकको समस्या समाधान गर्न सरकारसमक्ष माग गरेका छन् ।  

राष्ट्रियसभाको आजको वैठकको शून्य समयमा उनले सरकारले आन्दोलनरत शिक्षकको समस्या समाधानभन्दा पनि उनीहरुलाई विभिन्न आरोप लगाएर निरुत्साही गर्ने काम गरेको आरोप लगाए । संसदीय समितिमा छलफलमा रहेको शिक्षा विधेयकलाई जतिसक्दो छिटो पारित गरेर देशैभरिको शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । 

“देशमा १८ घण्टासम्म लोडसेडिङ थियो, त्यो शून्यमा झरेको छ, लोडसेडिङको अन्त्य भारतका कारणले भएको हो भनेर मन्त्रीले हिजो प्रतिनिधिसभमा अभिव्यक्ति दिनुभएको छ, कुरा त्यसो होइन, लोडसेडिङ अन्त्यको जस कुलमान घिसिङलाई दिनुपर्छ”, उनले भने । 

सांसद शारदा देवी भट्टले अमेरिकाले नेपालीहरुलाई अपमानित तरिकाले नेपाल पठाउनु मानव अधिकारविपरीत भएको बताए । उनले भने, “अमेरिकाले मानव अधिकारविरुद्ध डिपोर्ट गर्ने काम गरेको छ, नेपाल पठाउनु ठीक छ, तर पठाउने शैली ठीक  छैन, यो बारेमा सरकारले कूटनीतिक तरिकाले अमेरिकी सरकारसँग कुरा गर्नुपर्छ ।”

प्रतिक्रिया