थाइल्याण्डमा अदालतको आदेशपछि स्कूले विद्यार्थीहरूलाई आफ्नो मनपर्ने हेयरस्टाइल राख्न सक्ने

काठमाडौँ । थाइल्याण्डका स्कूले विद्यार्थीहरूले अब आफ्नो मनपर्ने हेयरस्टाइल राख्न सक्नेछन् । थाइल्याण्डको सर्वोच्च प्रशासनिक अदालतको आदेश पछि स्कूले विद्यार्थीहरूले आफ्नो मनपर्ने हेयरस्टाइल राख्न पाउने भएका हुन् ।
अधिकारीहरूसँग धेरै वर्षको झगडापछि अदालतले यस्तो आदेश दिएको हो । अदालतले थाइल्याण्डको शिक्षा मन्त्रालयको ५० वर्ष पुरानो निर्देशन खारेज गरिदिएको छ ।
१९७५ मा, थाइल्याण्डमा स्कूले विद्यार्थीहरूका लागि केही नियमहरू तोकिएका थिए । यस अन्तर्गत, केटाहरू र केटीहरूको लागि एक निश्चित कपालको शैली तय गरिएको थियो ।
यस नियम अनुसार, स्कूलहरूमा केटाहरूको लागि छोटो कपालको हेयरस्टाइल र केटीहरूको लागि बब कट हेयरस्टाइल राख्ने नियम थियो ।
समयसँगै, धेरै विद्यालयहरूलाई यो नियमबाट छुट दिइयो । तर, केही मानिसहरू अझै पनि यो नियमलाई दिशानिर्देशको रूपमा पालना गरिरहेका थिए । यो नियम पालना नगर्ने विद्यार्थीहरूको कपाल काटिने गरिएको थियो ।
अदालतले आफ्नो आदेशमा १९७५ को दिशानिर्देशले संविधानद्वारा संरक्षित प्रत्येक व्यक्तिको स्वतन्त्रताको उल्लङ्घन गर्दछ र आजको समाजसँग पनि मेल नखाने भनेको थाई मिडियाहरुले उल्लेख गरेका छन् ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया