बिहीबार, फागुन २८, २०८२

एमजेएस र माद्दारा शसक्त २० महिला सम्मानित

मेरोन्यूज २०८१ फागुन २४ गते १७:०८

काठमाडौं । मधेशी पत्रकार समाज नेपाल र मधेशी एसोसिएसन इन अमेरिका (मा) ले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका २० जना महिलाहरुलाई जय जानकी अन्तराष्ट्रिय सम्मानद्धारा सम्मानित गरेका छन् ।
 
शनिवार आयोजित एक कार्यक्रममा विभिन्न विधा अन्तर्गत रहेर देश तथा विदेशका शसक्त महिलाहरुलाई सम्मान गरिएको मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहन कुमार सिंहले बताए । 

Advertisement
nepal life insurencenepal life insurence

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, गायिका अन्जली पटेल, ममता चौधरी, मिता अग्रवाल, रञ्जु ठाकुर, सरिता साह, सृष्टि सिंह भण्डारी, सुनिता हरिजन, बन्दना झा सम्मानित भएका थिए । 

त्यस्तै, अन्तराष्ट्रिय स्तरबाट भारतका चर्चित लोक गायिका स्वर्गीय सारदा सिन्हालाई मरोपरान्त लाइफ टाइम मेमोरियल एचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिएको थियो ।
 
भारतका अर्थमन्त्री निर्मला सिथारमणलाई पनि सम्मान गरिएको थियो ।
 
साथै, भारतबाट चर्चित मैथली लोक गायिका मैथली ठाकुर, सिमा परासर, डा. अश्विनी क्षिरसागर, सम्मानित भएका थिए ।
बंगलादेशबाट पत्रकार उमपा ज्योश्री कुन्डु, थाइलेन्डबाट ज्यातिषी तनुश्री दुवे सम्मानति भएका थिए ।
 
गैरअवासीय नेपाली संघ बेलायतका अभियन्ता रोजिना प्रधान राई, अमेरिकाबाट शशी साह तथा अष्टे«लियाबाट अनिशा सिंहलाई सम्मानित गरिएको थियो । 


कार्यक्रमको पहिलो छलफल सत्रमा नेकपा एमालेका नेतृ सांसद जुली महासेठ, जसपाका सांसद रन्जु ठाकुर, जसपा नेपालका सांसद रेखा यादव, महिला अधिकारकर्मी मोहना अन्सारी, लेखिका डा.मन्चला झा, कलाकार सरिता साह, पत्रकार स्नेहा झाले आफना विचारहरु व्यक्त गरेका थिए । 

छलफलमा सहभागी वक्ताहरुले महिला अधिकारको कुरा नीतिगत रुपमा लागु भएतापनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेकोमा सबैले एक मत जनाएका थिए । उनीहरुले महिलाको सवालमा अझै पनि धेरै संघर्ष गर्न बाँकी रहेको जिकिर गरे । 
 

प्रतिक्रिया