एमजेएस र माद्दारा शसक्त २० महिला सम्मानित

काठमाडौं । मधेशी पत्रकार समाज नेपाल र मधेशी एसोसिएसन इन अमेरिका (मा) ले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका २० जना महिलाहरुलाई जय जानकी अन्तराष्ट्रिय सम्मानद्धारा सम्मानित गरेका छन् ।
शनिवार आयोजित एक कार्यक्रममा विभिन्न विधा अन्तर्गत रहेर देश तथा विदेशका शसक्त महिलाहरुलाई सम्मान गरिएको मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहन कुमार सिंहले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, गायिका अन्जली पटेल, ममता चौधरी, मिता अग्रवाल, रञ्जु ठाकुर, सरिता साह, सृष्टि सिंह भण्डारी, सुनिता हरिजन, बन्दना झा सम्मानित भएका थिए ।
त्यस्तै, अन्तराष्ट्रिय स्तरबाट भारतका चर्चित लोक गायिका स्वर्गीय सारदा सिन्हालाई मरोपरान्त लाइफ टाइम मेमोरियल एचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिएको थियो ।
भारतका अर्थमन्त्री निर्मला सिथारमणलाई पनि सम्मान गरिएको थियो ।
साथै, भारतबाट चर्चित मैथली लोक गायिका मैथली ठाकुर, सिमा परासर, डा. अश्विनी क्षिरसागर, सम्मानित भएका थिए ।
बंगलादेशबाट पत्रकार उमपा ज्योश्री कुन्डु, थाइलेन्डबाट ज्यातिषी तनुश्री दुवे सम्मानति भएका थिए ।
गैरअवासीय नेपाली संघ बेलायतका अभियन्ता रोजिना प्रधान राई, अमेरिकाबाट शशी साह तथा अष्टे«लियाबाट अनिशा सिंहलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको पहिलो छलफल सत्रमा नेकपा एमालेका नेतृ सांसद जुली महासेठ, जसपाका सांसद रन्जु ठाकुर, जसपा नेपालका सांसद रेखा यादव, महिला अधिकारकर्मी मोहना अन्सारी, लेखिका डा.मन्चला झा, कलाकार सरिता साह, पत्रकार स्नेहा झाले आफना विचारहरु व्यक्त गरेका थिए ।
छलफलमा सहभागी वक्ताहरुले महिला अधिकारको कुरा नीतिगत रुपमा लागु भएतापनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेकोमा सबैले एक मत जनाएका थिए । उनीहरुले महिलाको सवालमा अझै पनि धेरै संघर्ष गर्न बाँकी रहेको जिकिर गरे ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया