महिला दिवसका अवसरमा रग्बी

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल शनिबार सम्पन्न भएको छ ।
नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मन्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यहरु बीच मैत्रीपूर्ण रग्बी खेलको आयोजना गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ प्रमुख अतिथी रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोबिन्द घिमिरे, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी ,रग्बी संघका कोषाध्यक्ष झनकबहादुर अधिकारी, सदस्य भरत अर्याल, प्रशिक्षक तथा टीएनइ. प्रमुख बिनोद तामाङ, हिमालयन टाइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लका अध्यक्ष कृष्ण क्षेत्रीसहितको उपस्थिती रहेको थियो ।
महिला विभाग प्रमुख एलिस थापाले सभापतित्व ग्रहण गरेको कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिईन् ।
प्रमुख अतिथीको रुपमा सदस्य सचिव टंकलाल घिसिङले शुुभकामना सहित बल हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात भएको थियो ।
महिला दिवसको अवसर पारेर प्रत्येक वर्ष जस्तै नेपाल रग्बी संघको महिला विभागले कार्यक्रमको आयोजना गरेको बिभाकी प्रमुख थापाले बताइन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया