नेपाल नामिबियासँग पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले दिएको ९३ रनको लक्ष्य पछाएको नामिबियाले खेल्ने क्रममा बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तय भएको थियो ।
सो लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले १९.५ ओभरमा ९२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् । त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।
अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने तालिका रहेको छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया