पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुँदै

बुटवल । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदै छ ।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुदै छन् ।
पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन् ।
आज पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दैछन् । त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिम खेल्दै छन् ।
पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो ।











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया