च्याम्पियन्स ट्रफीको फाइनल आज, न्युजिल्यान्डसँग हारको बदला लिने दाउमा भारत

काठमाडौं । च्याम्पियन्स ट्रफीको फाइनल खेल आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा भारत र न्युजिल्यान्डबीच हुँदैछ ।
यस प्रतियोगिताको उपाधिका लागि दुवै टोली २५ वर्षपछि आमनेसामने हुँदैछन् ।
समूह चरणका १२ खेल र दुई सेमिफाइनलपछि भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्न लागेका हुन्। खेल आज (आइतबार) दिउँसो पौने ३ बजे सुरु हुँदैछ।
भारतले हालसम्म २ पटक यो प्रतियोगिताको ट्रफी जितेको छ भने न्युजिल्यान्डले एक पटक उपाधि चुमेको थियो ।
सन् २००० मा भएको दोस्रो संस्करणको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्यूजिल्याण्डसँग हार ब्यहोर्नुपरेको थियो । यसपटक सोही हारको बदला लिने अवसर भारतले पाएको छ ।
यता एकपटक मात्र उपाधि चुमेको न्यूजिल्याण्ड दोस्रोपटक ट्रफी जित्न चाहान्छ । हालसम्म अष्ट्रेलिया र भारतलेमात्र दुईपटक च्याम्पियन्स ट्रफी जितेका छन् । न्युजिल्यान्डले सन् २०१५ र २०१९ को विश्वकप फाइनल खेलेको थियो। तर, दुवै अवसरमा पराजित रह्यो।















पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया