च्याम्पियन्स ट्रफीको फाइनल आज, न्युजिल्यान्डसँग हारको बदला लिने दाउमा भारत

काठमाडौं । च्याम्पियन्स ट्रफीको फाइनल खेल आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा भारत र न्युजिल्यान्डबीच हुँदैछ ।
यस प्रतियोगिताको उपाधिका लागि दुवै टोली २५ वर्षपछि आमनेसामने हुँदैछन् ।
समूह चरणका १२ खेल र दुई सेमिफाइनलपछि भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्न लागेका हुन्। खेल आज (आइतबार) दिउँसो पौने ३ बजे सुरु हुँदैछ।
भारतले हालसम्म २ पटक यो प्रतियोगिताको ट्रफी जितेको छ भने न्युजिल्यान्डले एक पटक उपाधि चुमेको थियो ।
सन् २००० मा भएको दोस्रो संस्करणको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्यूजिल्याण्डसँग हार ब्यहोर्नुपरेको थियो । यसपटक सोही हारको बदला लिने अवसर भारतले पाएको छ ।
यता एकपटक मात्र उपाधि चुमेको न्यूजिल्याण्ड दोस्रोपटक ट्रफी जित्न चाहान्छ । हालसम्म अष्ट्रेलिया र भारतलेमात्र दुईपटक च्याम्पियन्स ट्रफी जितेका छन् । न्युजिल्यान्डले सन् २०१५ र २०१९ को विश्वकप फाइनल खेलेको थियो। तर, दुवै अवसरमा पराजित रह्यो।











रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया