बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०८१ फागुन २६ गते ९:३९

धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– ५ चिराल्नामा डोगडीबाट बुढीगंगा नगरपालिका तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक बुढीगङ्गा नगरपालिका– ४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो ।
ट्याक्टरको ट्रली मुनी च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।ट्याक्टरमा सवार उनका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेका छन् ।
ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट खसेको थियो ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया