अमेरिकी योजना अनुसार रुससँग युद्धविराम गर्न युक्रेन तयार

काठमाडौँ । अमेरिकाले युक्रेन रुससँग युद्धविरामको लागि तयार भएको बताएको छ । अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्प प्रशासनको योजना अनुसार युक्रेन अगाडी बढ्न तयार भएको बिबिसीले उल्लेख गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मंगलबार साउदी अरेबिया पुग्नु अघि यस्तो रिपोर्ट बाहिर आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीमाथि रुससँग तत्काल युद्धविरामको माग स्वीकार गर्न दबाब बढाउँदै आएका छन् । तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको कुनै तत्काल वाचा भने गरेका छैनन् ।
दश दिनअघि अमेरिकी ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्को बहस भएको थियो। ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरे यता हाल युक्रेनको लगभग २० प्रतिशत भाग कब्जा गरेका छन् ।











बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया